free website hit counter

मजदुरलाई खाद्यान्न सहयोग

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेको छ । काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनका कारण उनीहरुको दैनिकीमा पारेको समस्यामा राहत होस् भनेर खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको जनाएको छ । यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूद्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामाग्री समेत हस्तान्तरण गरेको थियोे ।

सम्बन्धित समाचार