काठमाडौं । कोरोना नियन्त्रण उच्चस्तरीय समितिले कम्तिमा एक साता र बढीमा दुई साता लकडाउन खुलाउन नहुने निश्कर्ष निकाल्दै त्यसको छिनाफानो लगाउने जिम्म क्याविनेटलाई सुम्पेकोमा बुधबार ११ बजेदेखि लामै बहसका साथ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जारी राख्दै जेठ ५ गतेसम्म पुर्याएको छ । भर्खरै सम्मन्न बैठकमा लकडाउनको विकल्पमा अन्य तौरतरिकाका विषयमा व्यापक छलफल भएको भए पनि तत्कालका लागि संक्रमित थपिनेक्रममा रहेका कारण लकडाउनै उत्तम विकल्प रहेको राय प्रधानमन्त्रीले पेश गरेपछि थप ११ दिन लकडाउन कायम राख्ने निर्णय भएको स्रोतले बताएको छ ।