free website hit counter

एनएलजी इन्स्योरेन्सले उठायो ६२ करोड बीमा शुल्क

beemaadmin
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एलजी इन्स्योरेन्सले १५ करोड ७२ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिको तुलनामा कम्पनीले ३८ लाख ४५ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ करोड ४ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५३ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन १९ करोड ७७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पुँजी ६४ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा २७ करोड ७० लख रुपैयाँ, बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १६।६२ गुणा बढी छ ।
कम्पनीले १ लाख ३० हजार ४४६ वटा बीमालेख जारी गरी १ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको २१ हजार ८६२ वटा बीमालेखहरु नवीकरण भएका छन् । कम्पनीले ५ हजार २६७ वटा दाबी बापत ७५ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ३२४ वटा दाबी वापत ८९ करोड ७२ लाख भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार