free website hit counter

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

beemaadmin
२०७६ आश्विन २७, सोमबार

शनल लाइफ इन्स्योरेन्सले कार्तिक २४ गते ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि सो साधारणसभा आह्वान गरेको हो । सञ्चालक समितिको असोज २४ गते बसेको ४१८औं बैठकले कार्तिक २४ गते आइतबार बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा बोलाएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कूल १४.५० प्रतिशत लाभांश पारित गर्ने बताइएको छ। सञ्चालक समिति प्रस्ताव गरे अनुसार कम्पनीको हाल कायम ३ अर्ब ७५ लाख रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत अर्थात ३९ लाख ५७ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ। यस्तै २.५० प्रतिशत बोनस शेयर पनि साधारण सभाबाट पारित गर्नेछ ।

यस्तै साधारण सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत शेयर हिस्सा कायम गर्ने कार्यक्रम रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १० गते देखि २४ गते सम्म बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्ने बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार