free website hit counter

शाइन रेसुङ्गा बैंकको एकीकृत कारोबार शुरु

beemaadmin
२०७६ आश्विन २७, सोमबार

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एकीकृत कारोवार शुरु भएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको हो ।

दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव गाभिएर एकीकृत कारोबार शुरु गरेको हो । शाइन रेसुंगामा पूर्णिमा र भार्गवको एक्विजिसन पश्चात शाइन रेसुंगा प्रदेश ५ मा सबैभन्दा धेरै पुुँजी र शाखा भएको विकास बैंक बनेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड, निक्षेप २६ अर्ब ८७ करोड र कर्जा लगानी २३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ७१ र ग्राहक संख्या ३ लाख ७७ हजार पुगेको दाबी बैंकले गरेको छ ।

राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पुँजीको ४ = १ (चार शेयर बराबर १ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूँजी वृद्धि गर्ने योजना बैंकले बनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार