free website hit counter

गोकुलबाट ज्यान जोखिम भन्दै सिडिओको शरण

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटासहित २ जना सांसदबाट आफू र आफ्नो परिवारको ज्यान जोखिममा रहेको भन्दै लमजुङका विजयप्रकाश मिश्रले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् । मिश्रले पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाको निर्देशनमा टोखा नगरपालिका ११ मा रहेको आफ्नो घरको तस्बिर समेत लिएको बताएका छन् । तस्बिर खिच्नका लागि ४ जना युवाहरुको आएको समेत उनले निवदेनमा उल्लेख गरेका छन् । तत्कालीन सञ्चारमन्त्री बास्कोटाले घुस बार्गेनिङ गरेको अडियो मिश्रले सार्वजनिक गरेपछि उनले तत्कालै मन्त्री पदबाट राजीनामा दिएका थिए । आले डोटी र पाठक बाग्लुङबाट निर्वाचित सांसद हुन् । मिश्रले ताप्लेजुङका घनबहादुर कुताल र चित्रबहादुर कुतालले आफ्नो ठेगाना पूर्वमन्त्री बास्कोटालाई दिएको दाबी गर्दै आफुलाई मार्ने षडयन्त्र भैरहेको समेत बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार