free website hit counter

अबको दशवर्षभित्र सूचना तथा सञ्चार प्रविधिको प्रयोग

beemaadmin
२०७७ जेष्ठ ८, बिहीबार

कोरोना महामारीले दिएको एउटा राम्रो शिक्षा हो प्रविधिको प्रयोग । प्रविधिको प्रयोग समयको आवश्यकता हो । तर नेपालमा लाइनमै नबसी चित्त नबुझ्ने बानीकै कारण प्रविधिको प्रयोग बढ्न सकेको थिएन । तर कोरोना महामारीसँगै सामाजिक दुरी कायम गर्ने बाध्यताका कारण सञ्चार तथा सूचना प्रविधिको प्रयोग सबैतिर बढेको छ । अहिले प्राय स्कुलहरुले अनलाइनबाटै धमाधम कक्षा सञ्चालन गलिरहेका छन् भने बैंक तथा वित्तिय संस्थाहरुले पनि डिजिटल बैंकिङलाई बढावा दिइरहेका छन् । सञ्चार तथा सूचना प्रविधिको विकाससँगै यसको प्रयोग अधिकतम रुपमा गर्न सके समय र पैसाको पनि बचत हुने निश्चित नै छ । आजको युग भनेको सूचना प्रविधिको युग हो । जुन मुलुकले सञ्चार तथा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सकेको छ त्यस्ता मुलुक विकासमा अगाडि बढेका छन् । हाम्रो जस्तो मुलुकले पनि अब सञ्चार तथा सूचना प्राविधिको क्षेत्रमा फड्को मार्नैपर्छ । कोरोना महामारी सञ्चार तथा सूचना प्रविधिको विकासका लागि शिक्षा लिएर आएको छ । अबको दश वर्षमा नेपालको सञ्चार तथा सूचना प्रविधिको विकास सबै क्षेत्रमा कसरी गर्न सकिन्छ भन्ने अन्वेषण गरिरहनुभएका यस अर्थबीमा डटकमका सहसम्पादक तथा त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रोनिक्स तथा कम्प्युटर इञ्जिनियरिङ विभागका उपप्राध्यापक गणेश गौतमले परिकल्पना र अध्ययन गरिरहनुभएको डिजिटल नेपालको परिकल्पना चित्रमा हेर्न सकिन्छ । यो परिकल्पनालाई सार्थक बनाउन इ–गभर्मेन्ट सिस्टम नामक पुस्तक नै तयार गर्दै हुनुहुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार