free website hit counter

एप्पलले माइक्रोसफ्टलाई उछिन्यो

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल पुनः अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । आइफोन ११ को अत्यधिक लोकप्रियतासँगै एप्पलले यस्तो फड्को मारेको हो । सफलतासँगै कम्पनीले यसको उत्पादनसमेत बढाउने घोषणा गरिसकेको छ ।
पछिल्लोपटक बजारमा ल्याइएका आइफोन ११ सिरिजका स्मार्टफोनको लोकप्रियता र बढ्दो मागसँगै एप्पल अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्दै माइक्रोसफ्टलाई पछि पार्न सफल भएको हो ।

सबैभन्दा मूल्यवान अमेरिकी कम्पनी बनेको एप्पलको बजार मूल्य १० खर्ब ७ अर्ब डलर पुगेको छ । पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धबाट प्रभावित भएता पनि एप्पलको सेयर मूल्यले कीर्तिमान कायम गर्दै प्रतिसेयरको मूल्य २३६.२१ डलर पुगेको छ ।
पछिल्लोपटक अमेरिकी र चिनियाँ वार्ताकारहरूबीच भएको वार्ताका क्रममा तनाव घटाउने प्रारम्भिक सहमति भएसँगै एप्पलको सेयर मूल्य बढेको छ ।

योसँगै अहिले १० खर्ब डलरभन्दा बढी मूल्यका अमेरिकी कम्पनीहरू दुईटा मात्र छन् । मूल्यवान कम्पनीको पहिलो नम्बरमा एप्पल र दोस्रोमा माइक्रोसफ्ट छ । अमेजन पनि १० खर्ब डलर मूल्यको नजिकै पुगेको छ । सन् २०११ यता एप्पल कम्पनीको सेयर मूल्य ५ गुणाले बढिसकेको छ । सीईओ टिम कुकले पछिल्लो समयमा बजेट स्मार्टफोनको खोजी गर्ने प्रयोगकर्तालाई समेत समेट्ने रणनीति लिएसँगै एप्पलले आइफोन ११ सिरिज बजारमा ल्याएको थियो । आइफोन ११ भारत तथा चीनजस्ता धेरै मोबाइल प्रयोगकर्ता भएका देशहरुमा निकै नै लोकप्रिय बनिरहेको छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार