free website hit counter

कोरोनाबारे नयाँ र बुझ्नै पर्ने कुरा

beemaadmin
२०७७ जेष्ठ २२, बिहीबार

– कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन |
– संक्रमितसंग ५ – १० मिनेट कुरा गर्दा सर्दैन |
– घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन |
– N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन | सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ | अमेरिका लगायत बिकसित देशमा पनि यो प्रचलन कायम छ |
– आफ्नो पावरको वा पावर आबश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ | त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ |
– संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन |
– घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ |
– लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन |
– जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन | २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाब ब्यबस्थापन गर्ने हो भने ९० % संक्रमितलाई आफै निको हुन्छ |
– रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन |
– नेपालमा देखिएको कोरोना संक्रमण ८५ % भारतबाट आएकोमा देखिएको छ | त्यो समुहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउंदैन |
– नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् |
– गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् | कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ |
– नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन | परीक्षणमा कोरोना पनि देखिएको हो |
– नेपालमा हालसम्म सक्रमितमध्ये ९०% जोखिम बर्गमा पर्दैनन् | तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ |
– कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो | प्रचारमा आए अनुसार यो घातक छैन | विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो बर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन |
– मन भनेको शरीरको ड्राइभर हो | मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं | मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ | रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ |
– हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन |
– अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ ..| तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन |
– रोजगारी, लगानी लगायत ब्यबसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ | कोरोना संक्रमणको जगजगी लामो समय रहदैन | त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ |
– हामीले आफुलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा ब्यबसाय परिवर्तन गर्नुपर्दछ | घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ | महामारीमा जीवन यापन गर्नको लागि हामीसंग धेरै बिकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ |
– परिक्षणको दायरा बढेसंगै संक्रमितको पहिचान हुनेछ | संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसंग मिसिन नदिनु सकारात्मक बिषय हो | यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ |
– मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वाश्प्रश्वासको अभ्यास गर्ने, मनोरंजन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्यौं भने जीवन सुखमय हुन्छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार