free website hit counter

पुँजीभन्दा दायित्व ठूलो भएपछि समस्या देखिएको हो

beemaadmin
२०७७ जेष्ठ २४, शनिबार

बीमा समितिले शुरुमा ल्याएको कोरोना बीमा ठीक छ भनेर राज्यको कार्यक्रममा नै पर्यो । यहाँ विवाद गर्नुपर्ने कुरै छैन । यो कार्यक्रम नयाँ हो, यहीँ नै नभएर पनि यस्ता प्रकारका अन्य देशहरुले पनि बीमा गरेका छन् । समितिले थालेको कामको कामको त सबैले प्रशंसा गरेका छन् । म नियामक निकायको प्रमुख हुँ । यो कार्यक्रम राज्यको कार्यक्रम हो । मैले राज्यको कार्यक्रम सफल बनाउनु मेरो दायित्व हो, म त्यो दायित्वबाट पछि हट्नै मिल्दैन । अन्य देशहरुले विदेशीको गरेका छैनन्, आफ्नो देशभित्र त उनीहरुले पनि गरेका छन् । हिजो हुलदंगा र आतंकवादको भनेर बीमा पुलमार्फत बीमा गरिएको थियो । यो महामारीका लागि पनि हामी आफैं गर्छौ भनेर गरेका हौं । यो मोडल अन्य देशहरुमा पनि जान सक्छ । समस्या भनेको पुँजी भन्दा दायित्व धेरै भएपछिको हो ।

दायित्व कम हुँदासम्म हामी चुप थियौं, दायित्व धेरै भएपछि बाँडफाँट गर्नु परेको हो । यसका लागि मोडल बनाउनु परेको हो । यो पनि बीमा कम्पनीहरुकै अनुरोधमा हो । यस्तै समस्या आउन सक्ला भनेर हामीले पहिले नै बीचमा रिभ्यू हुन सक्छ त भनेका नै थियौँ । छोटो समयमा समस्या सकियो । पुँजी बराबरकै हाम्रो दायित्व सिर्जना भएपछि बीमकहरुले बीमा समितिले एउटा मोडल बनाइदिनुपर्यो भन्ने वहाँहरुको कुरा थियो । वहाँहरुले कमिटी बनाउन प्रस्ताव गर्नुभएको थियो । कमिटी बनाएको भए यति छिटो काम हुने थिएन । मैले रातभरि काम गरेर बिहान सञ्चालक समितिबाट पास गराएको छु । हामीले जसरी गरे पनि मोडालिटी परिवर्तन गर्नुपर्ने थियो । निर्णय गराउनु पर्ने थियो । बीमा कम्पनीका केही साथीहरुले त स्थगित नै गरौं भनेर आउनुभएको थियो । हिजो सबैलाई डर थियो, अब छैन ।

यो राष्ट्रियकरण भइसकेको थियो । यसकारण हामी ब्याक हुन मिल्ने थिएन । सूचनामा हामीले केही घण्टाका लागि स्थगन भन्न मिलेन । यसलाई ल्याएको हो, राज्यको कार्यक्रममा समावेश परेको छ । अब निरन्तर हुन्छ । हाम्रा निर्जिवन बीमा कम्पनीहरुको पुँजी २० अर्ब छ । एउटा पुर्नबीमा कम्पनीको १० अर्ब जोड्दा ३० अर्ब पुँजी हुन आउँछ । हाम्रो हिजोसम्मको दायित्व पनि ३० अर्ब पुगेको थियो । दायित्व र पुँजी नै असमान हुने अवस्था आएपछि गाह्रो हुन्छ भनेर नयाँ मोडालिटी बनाउनुपर्छ भन्ने कुरा आएको हो । बीमा कम्पनीका साथीहरुले एउटा कमिटी बनाएर यसलाई टुंग्याऔं भन्नुभएको थियो । हामीले केही समय लगाएर मोडालिटी तयार गर्न सफल भयौँ । अब पनि बीमा पुरानै तरिकाले हुने हो । यसमा जोखिम वहन गर्ने क्षमता अलिकति परिवर्तन भएको छ ।

पहिलो १० हजार व्यक्ति अर्थात एक अर्ब रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीहरुले धान्नेछन् । त्यो भन्दा माथि दायित्व सिर्जना भयो भने थप एक अर्ब रुपैयाँसम्म हाम्रो नेपाल पुनर्बीमा कम्पनीले धान्ने छ । अब त्यसपछि पनि २ अर्बबाट क्रस गर्यो भने ५० करोड रुपैयाँ बीमा कम्पनीहरुको महामारी कोषमा रहेको रकमबाट बहन हुनेछ । यी विषयमा हामीले सञ्चालक समितिमा पनि छलफल गर्नुपर्ने थियो, गरिसकेका छौंँ । त्योभन्दा पनि बढी दायित्व सिर्जना हुने अवस्था आयो भने नेपाल सरकारको वार्षिक कार्यक्रम र बजेटमा पनि छ, दायित्व बहनका लागि हामी नेपाल सरकारलाई अनुरोध गर्नेछौं । दायित्व सिर्जनामा कुरा मिलेकाले हाम्रा बीमा कम्पनीहरु आजबाट पुनः उत्सुकताका साथ बीमा गर्न जानुभएको छ । (सार्वजनिक अभिव्यक्तिमा आधारित)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार