free website hit counter

भारतबाट फर्किनेलाई छैन तातोपानी, विमानबाट आउनेलाई राम्रै मेजमानी

beemaadmin
२०७७ जेष्ठ २५, आईतवार

काठमाडौं । भारतबाट हिँडेर सिमाना पार गर्ने नेपालीलाई पिसिआर परीक्षणको व्यवस्था गर्न नसकेको सरकारले विदेशबाट विमानमा आउनेलाई भने राम्रै मेजमानीको व्यवस्था गरेको छ । विदेशबाट आउनेमध्ये पनि पैसा हुनेलाई होटलको प्रबन्ध गरिएको छ भने पैसा नहुनेका लागि सरकारले क्यावरेन्टाइनको व्यवस्था गरेको छ । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् । नागरिक सबै समान हुन् । चाहे विमानबाट आउन् या हिँडेरै मातृभूमि आउन् । भारतबाट फर्केका नेपालीलाई राख्ने क्यारेन्टाइनको अवस्था हेर्दा त्यहाँ सरकार छ र भन्ने प्रश्न उठ्छ । तर विमानमार्फत आउनेहरुका लागि भने सरकारले राम्रै प्रबन्ध गरेको छ ।

सम्बन्धित समाचार