free website hit counter

लकडाउन खुल्दैछ चरण चरणमा (तपाईं खुल्नेमा कि नखुल्नेमा ?)

beemaadmin
२०७७ जेष्ठ २९, बिहीबार

काठमाडौं । लगातारको लकडाउनका कारण मध्यवर्ग र श्रमित तथा मजदुर वर्ग चरम संकटमा परिसकेको छ । त्यसैको आक्रोश सडकमा देखिन थालेपछि सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन हुने भएका छन् भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

पहिलो चरणमा आजबाट खुल्ने

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२. औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्री

४. फोहोरमैला व्यवस्थापन

५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९. उत्पादन उद्योग

१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२. निर्माण कार्य (निजीसमेत)

१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा डेलिभरी सेवा

१५. क्वारेन्टिनका लागि तोकिएका होटल

१६. बिजुलीका सामान बिक्री र मर्मत

१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८. पुस्तक पसल तथा स्टेसनरी

१९. सबै प्रकारका ढुवानी सेवा

२०. अत्यावश्यक सेवाका कार्यालय

२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

 

लकडाउन जारी रहने

१. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२. सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य पदार्थबाहेक)

३. सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४. अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५. तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६. सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९. स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१०. खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

११. पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२. बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन

 

दोस्रो चरणमा खुल्ने

१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था ९सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी०

२. एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३. ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)

४. रेस्टुरेन्ट तथा खाजाघर (कम्तीमा २ मिटरको भौतिक दूरी कायम रहने गरी)

 

तेस्रो चरणमा खुल्ने

१. सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

२. संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर जिल्ला आवागमन

३. सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

४. आन्तरिक हवाई उडान

५. होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

६. अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

७. शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)

८. तालिम तथा ट्युसेन केन्द्र

सम्बन्धित समाचार