free website hit counter

बैंक अफ काठमाडौंको १७ प्रतिशत लाभांश पारित

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । बैंक अफ काठमाडौंको २५औं वार्षिक साधारणले १७ प्रतिशत लाभांश पारित गरेको छ भने बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बिओके लगानिकर्ता बचत खाता समेत र्सावजानिक गरेको छ ।
असोज ३० गते सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ । बैंकको खुदमुनाफा गत वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको बताइएको छ ।

साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पनि पारित गरेको छ । आ.ब. २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार