free website hit counter

मध्यराति एसएलआर चलाएर गरे सैनिकले आत्महत्या

beemaadmin
२०७७ जेष्ठ ३०, शुक्रबार

काठमाडौं । विश्व कोरोना आतंकमा रहेका बेला मान्छेमा निराशा बढ्दो छ भन्ने कुरा यस अवधिमा देखिएको आत्महत्याको तथ्यांकले देखाउँछ । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् । आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो । बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार