free website hit counter

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा असार २९ मा

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा असार २९ गते बस्ने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा असार २९ गते गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउमा बिहान ११ बजे बस्ने छ ।कम्पनीले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर र ३ दशमलव ७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी छलफल हुने भएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार