free website hit counter

सिप्रदीले गर्यो तीनवटा इन्स्योरेन्ससँग बीमा सम्झौता

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङ प्रालिले एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरू सँग सहकार्य गर्ने योजना रहेको छ ।

सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलिया, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा कम्पनीजका तर्फबाट सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो भने एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एमडी नायरले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।

यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । सिप्रदीका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्न यो व्यवस्था फाइदाजनक हुने बताइएको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार