free website hit counter

डिन नियुक्तिका विषयमा डा. गोविन्द केसीले यसो भने

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । आफ्ना लागि नभई चिकित्सा क्षेत्रको सुधार र त्यसभित्रका विकृति विपसंगति विरुद्ध एक्लै आन्दोलनमा होमिएका सादगी व्यक्तित्व चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिका विषयमा बोलेका छन् । त्रिविले वरिष्ठता मिचेर ३५औं वरियताकी डा. दिव्या सिंह शाह (प्रधानमन्त्रीकी निजी चिकित्सक) लाई डिनमा नियुक्त गरेकामा केसीले विरोध जनाएका छन् । वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दै आएका डा. केसीले भनेका छन्, यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ । वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको आरोप डा. केसीले विज्ञप्ति मार्फत् लगाएका छन् । डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार