free website hit counter

फेरि आज थपिए ४२६ जना कोरोना संक्रमित (कुन जिल्लामा कति ?)

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । उच्च गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

आज ३३ जिल्लामा संक्रमण पुष्टि भएकाहरुमा झापाका १, मोरङका २, सर्लाहीका ११, सप्तरीका ४, अछामका ७, बाग्लुङका ३२, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, डडेल्धुराका ९, धादिङका १, डोटीका १५, गोरखाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौंका ३, मोरङका १, म्याग्दीका १, नवलपरासीपूर्वका ४, सिन्धुलीका २३, तनहुँका १९, पर्वतका ५, उदयपुरका ३, चितवनका १, मकवानपुरका ८, स्याङजाका ३, अर्घाखाँचीका ६, गुल्मीका ९४, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका १, रुपन्देहीका २, अछामका १, कञ्चनपुरका २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या १ हजार ४०२ पुगेको जानकारी दिनुभयो । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २३१ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ६१ हजार ७४९ जनाको परीक्षण भएको बताउनुभयो । हालसम्म आरडीटिबाट २ लाख ४७ हजार ८७४ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ४ हजार ३९९ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ६ हजार ८५० संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार