free website hit counter

अब अनलाइनबाटै एशियन लाइफको बीमालेख बिक्री

beemaadmin
२०७७ असार ८, सोमबार

काठमाडौं । सबै पेशा व्यवसायमा प्रविधिको प्रयोग बढिरहेको बेला एशियन लाइफ इन्स्योरेन्सले अनलाईन मार्फत बीमालेख बिक्री गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै अनलाईन माध्यमको प्रयोग र आवश्यकतालाई मध्यनजर गर्दै अनलाईन मार्फत बीमालेख बिक्री गर्न सकिने व्यवस्था गरेको हो ।
कम्पनीले हालको लागि कम्पनीको आधिकारिक वेभसाइट https : //www.asianlife.com.np/मा एजेण्ट पोर्टल मार्फत २४ सै घण्टा आवेदन दिन सकिने व्यवस्था गरेको छ । इजाजत प्राप्त अधिकर्ताहरुले कम्पनीको बेवसाइटमा एजेण्ट पोर्टल मा गएर लगइन गरी बीमा गर्न चाहने व्यक्तिको विवरण भर्न सकिनेछ । अनलाईन सुविधाका कारण बीमालेखको प्रस्ताव फारम लगायत कागजपत्र बोकेर अभिकर्ताहरु शाखा कार्यालयमा गइरहनु नपर्ने,समयको बचत हुने र कोरोना संक्रमणको जोखिम समेत कम हुने कम्पनीको विश्वास छ । समितिले गत जेठ १४ गते अनलाईन बीमालेख जारी गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार हाललाई अधिकतम ३ लाख बीमांक सम्मको बीमालेख बिक्री गर्न सकिनेछ । यस्तै इसेवा र फोन पे मार्फत पनि नविकरण शुल्क बुझाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार