सुब्रत मनु
काठमाडौं । नेपाल औषधि उत्पादक संघमा नयाँ कार्य समिति निर्वाचित भएको छ । संघको अध्यक्षमा टाइम फर्मास्युटिकल्सका जी नारायणबहादुर क्षेत्री विजयी भएका छन् । सघंको २५औं बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्य समितिको बरिष्ट उपाध्यक्षमा महेष प्रधान (ओम्निका ल्याबोरेटोरी), उपाध्यक्ष सन्तोष बराल (आदि रिमेडिज), त्यस्तै माहासचिबमा बिप्लब अधिकारी (इनोभेटिक फर्मास्युटिकल्स) र कोषाध्यक्ष प्रभात रुङ्गाटा (मारुति फर्मा) रहेका छन् भने आमन्त्रीत सदस्यमा प्रज्वल जङ्ग पाण्डे (लोमस फर्मास्युटिकल्स) सदस्यहरु क्रमशः बिजय राज शाक्य (फ्लोरिड ल्याबोरेटोरिज), दिपेन्द्र प्रधान (सिटिएल) , पृथिवी राजभण्डारी (क्वेष्ट), सुबर्णभक्त जोशि (अलाइभ) र प्रेम जाटिया रहेका छन् । उक्त साधारण सभाका प्रमुख अतिथि उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाली औषधिको उच्च परिमाणको उत्पादन र बजार विकासमा सरकार र निजी क्षेत्र दुवै लाग्नु पर्ने बताए । किनकि यस्तै प्रयासबाट छिमेकी मुलुक बगंलादेश सार्क राष्ट्र मध्ये कै भारतपछिको ठुलो मात्रामा औषधि निर्यात कर्ताको सुचीमा पर्न सफल हुँदै गएको छ । त्यसरी नै नेपालले निरन्तर कोसिस गरेमा विश्व बजारमा नेपाली औषधि निर्यात गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । तर त्यस्ता लागि सरकारी नितिगत सहयोग सहित उत्पादकहरूमा दृढ इच्छाशक्ति हुनु पर्दछ । नेपाल उद्योग वाणिज्य महासघंका वस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आत्मनिर्भर भैसकेका औषधि आयात नियन्त्रण सरकारी भनाईमा समिति रहेकोले यसतर्फको बजार विकासमा त्यस्ता औषधिलाई सरकारले काउन्टर भेलिङ वा एण्टी डम्पीङग ड्युटी जस्ता उपकरण प्रयोग गरी आयात नियन्त्रण गर्नुपर्न आफ्नो धारण राखेका थिए ।