free website hit counter

दुई दिनमै एक करोड बढीको आवेदन

beemaadmin
२०७७ असार १२, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई धरासायी बनाएको र लगानीका सम्भावनाहरु पनि नभएका बेला एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्यो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको संस्थाको सेयरमा दोश्रो दिनमा मागभन्दा साढे दुई गुणा बढी आवेदन परेको छ । सेयर निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा करिब एक करोड १२ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । जुन मागभन्दा २.५२ गुणा बढी हो । सो अवधिसम्ममा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयरको लागि आवेदन दिएका क्यापिटलले जानकारी दिएको छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।

सम्बन्धित समाचार