free website hit counter

अजोड इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई तालिम

beemaadmin
२०७६ पुष २, बुधबार

इटहरी । अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाको आयोजनामा मंसिर २६, २७ र २८ गते संगीत चोक, इटहरीमा आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
सो तालिम प्रदेश नं. १ र २ लाई समेट्ने गरि आयोजना गरिएको कम्पनीले जनाएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको हालको अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रष्ट पारेका थिए ।
त्यस्तै अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए। सो आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार