free website hit counter

अडियो काण्डपछि सञ्चारमन्त्रीले मुख खोले

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । सामाजिक सञ्जालमा सञ्चारमन्त्री गोकुल बास्कोटाको स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। मन्त्री बास्कोटाले भनेका छन्, खाएको विषमात्रै लाग्छ, नखाएको विष लाग्दैन, एक–दुई दिन मजा लिन दिनुस्। मन्त्री बास्कोटाले भनेका छन्, त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो नि ? त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला। उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि बताए। त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला, मन्त्री बास्कोटाले बताएका छन् । मन्त्री बाँस्कोटाले सो अडिओ टेपका बारेमा आज ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार