free website hit counter

अध्यादेश फिर्ता लिन मन्त्रिपरिषद्को बैठक बस्दै

beemaadmin
२०७७ बैशाख १२, शुक्रबार

काठमाडौं । आफ्नै पार्टी समेत अध्यादेशको पक्षमा नदेखिएपछि एकाएक पछाडि हट्न बाध्य प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशका चर्को विरोध भैरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएको बताइएको छ । बिहीबार नेकपाका ६ शीर्ष नेताहरुको भेला गरी प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन समेत सुझाव दिएका थिए । प्रधानमन्त्रीले पनि आफु अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओली बिहिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार