free website hit counter

अन्जन श्रेष्ठको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति

beemaadmin
२०८३ बैशाख २४, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन परिणाम सार्वजनिक भएको छ। वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतदानको अन्तिम मतपरिणाम घोषणा गरिएको हो।

विधानअनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् भने अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको छ।

जिल्ला तथा नगर उद्योग वाणिज्य समूह

यस समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। शर्माले ८७ तथा श्रेष्ठले ८० मत प्राप्त गरेका हुन्।

कार्यकारिणी समिति सदस्य (खुला)तर्फ निर्वाचित हुनेहरू:

  • अर्जुनकुमार श्रेष्ठ
  • उज्ज्वलप्रसाद कसजु
  • केशवप्रसाद भण्डारी
  • कृष्ण कटुवाल
  • गोकुल श्रेष्ठ
  • छत्रधर आत्रेय
  • ताराबहादुर कार्की
  • दीपक नेपाल
  • प्रयास कार्की
  • मोहनप्रसाद श्रेष्ठ
  • लक्ष्मणराज पौडेल
  • शंकर गिरी
  • सन्तोष खड्का
  • सुदर्शन कार्की
  • हरिप्रसाद अर्याल

महिलातर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्।

प्रदेशगत प्रतिनिधित्व

प्रत्येक प्रदेशबाट दुई जनाका दरले निर्वाचित सदस्यहरू:

  • कोशी: जीवन पराजुली, रमेश विश्वकर्मा
  • मधेश: अमरनाथ शाह, विकासकुमार सारडा
  • बागमती: प्रकाश मानन्धर, सविन श्रेष्ठ
  • गण्डकी: पविन्द्रकुमार श्रेष्ठ, सुविन श्रेष्ठ
  • लुम्बिनी: यज्ञप्रसाद भट्टराई, बालकृष्ण सुवेदी
  • कर्णाली: पदमबहादुर शाही, परीचन्द्र देवकोटा (निर्विरोध)
  • सुदूरपश्चिम: पिताम्बर जोशी

वस्तुगत समूह

वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले ६३ मत प्राप्त गर्दा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए।

कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनेहरू:

  • अरनिको राजभण्डारी
  • नानिराज घिमिरे
  • पशुपति देव पाण्डे
  • विदुर धमला
  • भक्तबहादुर हमाल
  • रविन पुरी
  • राजकुमार कार्की (राजु)
  • लिलेन्द्रप्रसाद प्रधान
  • संघर्ष विष्ट
  • सागर ढकाल
  • होमप्रसाद घिमिरे

महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छन्।

वस्तुगत महासंघबाट सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भएका छन्।

एसोसिएट समूह

एसोसिएटतर्फ प्रबलजंग पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन्। उनले १ हजार ७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठले ७५० मत ल्याइन्।

कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनेहरू:

  • अम्बिका प्रसाद पौडेल
  • ईश्वरबहादुर जिसी
  • उज्ज्वलकुमार श्रेष्ठ
  • ऋषि अग्रवाल
  • कृष्णलाल महर्जन
  • दिवस न्यौपाने
  • प्रियराज रेग्मी
  • बटु लामिछाने
  • बाबुकाजी कार्की
  • राजेशकुमार अग्रवाल
  • रामशरण भण्डारी
  • शक्तिकुमार बेगानी
  • सचिन ढकाल
  • सुयस प्याकुरेल
  • सुरज उप्रेती
  • सुशील थापा
  • हेमन्त गोल्छा

महिलातर्फ अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ मनोज पौडेल विजयी भएका छन् भने संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

सम्बन्धित समाचार