free website hit counter

अब पाउला त धितोपत्र बोर्डले नेतृत्व

beemaadmin
२०८१ असार २, शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि छनोटमा परेका पाँच प्रतिस्पर्धीलाई तयारी अवस्थामा रहन फोन गएसँगै अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो । अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन तर पनि प्रक्रिया अर्को सातासम्म टुंगाउँने तयारी रहेको स्रोतको दाबी छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको तीन सदस्यीय सिफारिस समितिले पाँच प्रतिस्पर्धीबाट मूल्याङ्कनका आधारमा तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । तीन जनाबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । बोर्ड अध्यक्षका लागि छनोटमा पाँच प्रतिस्पर्धी सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाई छन् । १०० अंकको मूल्याङकनसम्बन्धी अंकभार अंकभार चार शीर्षकमा विभाजन कायम गरिएको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, अन्तरवार्तामा ३० अंक, प्रस्तुतीकरणमा १८ अंक र शैक्षिक योग्यतामा १२ अंकभार कायम गरिएको छ । बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो भने समितिले आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो।

सम्बन्धित समाचार