free website hit counter

अब पाउला त बीमा प्राधिकरणले नेतृत्व

beemaadmin
२०८२ चैत्र २५, बुधबार

काठमाडौं – राष्ट्रिय योजना आयोगका नयाँ उपाध्यक्ष डा गुणाकर भट्ट नियुक्त भएसँगै लामो समयदेखि रोकिएको बीमा क्षेत्रको नियामकीय नेतृत्व चयन प्रक्रिया पुनः अघि बढ्ने संकेत देखिएको छ। बीमा ऐनअनुसार नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन अनिवार्य हुन्छ।

यसअघि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्ने प्रयास गरेका थिए। तर तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त नगर्न सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशका कारण प्रक्रिया अवरुद्ध भएको थियो। पछि उक्त आदेशले निरन्तरता नपाएपछि खनालले प्रक्रिया पुनः अघि बढाउने तयारी गरेका थिए र अदालतले मार्ग खुलाए योग्य व्यक्ति नियुक्त गर्ने आफ्नो इच्छा व्यक्त गरेका थिए।

Advertisement
Advertisement

यद्यपि, आमनिर्वाचनको आचारसंहिताका कारण निर्वाचन आयोगबाट अनुमति नपाउँदा प्रक्रिया फेरि रोकियो। यसअघि गत १४ भदौमा अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको थियो। त्यसक्रममा तत्कालीन योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो, जसमा अर्थ मन्त्रालयका सचिव सदस्य र डा। खोमराज खरेल विज्ञ सदस्य रहेका थिए।

Advertisement
Advertisement

अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका थिए। आवेदकमध्ये घनश्याम बुढाथोकी, बिक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणि शिवाकोटी, डा। राजेन्द्र पण्डित, रमेशकुमार भट्टराई, पारस काफ्ले, महेश्वर न्यौपाने, डा। दामोदर बसौंला, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्रा। डा। दीपकबहादुर र यज्ञप्रसाद न्यौपाने रहेका छन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको उक्त प्रक्रिया अब नयाँ सिफारिस समिति गठनसँगै कसरी अघि बढ्छ भन्ने अझै स्पष्ट छैन। नयाँ आवेदन आह्वान गरिने कि पुरानै प्रक्रियालाई निरन्तरता दिइने भन्ने विषयमा अर्थ मन्त्रालयभित्र अझै अन्योल रहेको बताइएको छ।

सम्बन्धित समाचार