free website hit counter

अब फेरि हुन्छ त लकडाउन ?

beemaadmin
२०७७ आश्विन २१, बुधबार

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमित २५ हजार भन्दा बढी भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । स्वास्थ्य मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यस्तो निर्णय गरेकोमा बुधबारबाट नेपालमा सक्रिय संक्रिय संक्रमितको संख्या २५ जहार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४३९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो अपडेटअनुसार २५ हजार ७ जना सक्रिय संक्रमित पुगेका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि असोज ७ गते २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने भनेको थियो।
असोज १६ गते भने मन्त्रालयले २५ हजार कटे पनि लकडाउनमा जान नपर्ने जनाएको थियो। असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
यद्यपि, दशैं नजिकिएको समयमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पटकपटक दशैंमा गाउँ नजान आग्रह गर्दै आएका छन्। उनले पटकपटक फोनबाटै आशीर्वाद लिन र किनमेलमासमेत ननिस्कन आग्रह गर्दै आएका छन्। यद्यपि सडकदेखि बजारमा चहलपहल भने बढ्दो छ।

सम्बन्धित समाचार