free website hit counter

अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने

beemaadmin
२०८१ बैशाख १८, मंगलवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले घरपरिवारका सदस्यको बीमा गर्दै अभिकर्ता पेशामा टिक्न चाहने व्यक्तिहरूलाई पेशा प्रवेशमा अंकुश लगाई दिएको छ।बीमकको संस्थागत सुशासन निर्देशिका २०८० जारी गर्दै प्राधिकरणले बीमा अभिकर्ताले आफू अभिकर्ता भई एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान समावेश गरेको हो । निर्देशिकाको परिच्छेद ७ अन्तर्गत दफा ३६ को उपदफा ३ मा उल्लेखित प्रावधानले पहिले घरबाटै बीमा गरेर अभिकर्ता पेशाको शुरूवात गर्नुहोस् भन्दै आएका बीमकलाई अप्ठेरो पारिदिने भएको हो । यसबाहेक आफू वा परिवारका सदस्यको बीमावापत प्राप्त हुने कमिशनबाट आफैंले लाभ लिने मनशाय राखेर अभिकर्ता इजाजत पत्र लिनेलाई शुरूवातमै बर्जित गरिदिएको छ। निर्देशिकाको दफा २ मा बीमकले आफ्नो तर्फबाट सर्वेक्षण कार्य गरिरहेको बीमा सर्भेयर तथा आफ्नो व्यवसायसँग सम्बन्धित बीमा दलालको कुनैपनि सम्पत्ती वा दायीत्वको बीमा गर्न पाउनेछैन भन्ने प्रावधान समावेश गरिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार