free website hit counter

अभिकर्ताले यस्ता ठाउँमा देखाउनुपर्छ दक्षता

beemaadmin
२०८० बैशाख ८, शुक्रबार

जीवन बीमा बिमित र बीमकबीचको लामो करार हो । जहाँ नियमित बीमा शुल्क तिरेर बीमालेखलाई सक्रिय बनाई बीमकले जोखिम बहन गर्दछ । कतिपय बिमितहरु तीन चार किस्ता वा वर्षको बीमा शुल्क तिरेपछि निस्क्रिय रहने अवस्था आउनसक्छ । आर्थिक अवस्थामा आउने उतारचाढाव, जीवनमा आइलाग्ने अनेकन समस्या तथा पारिवारिक समस्याका कारण समयमा किस्ता बुझाउने स्थिति नहुन पनि सक्छ । यस्तो अवस्थामा कुशल अभिकर्ताले सक्रिय भई निस्क्रिय भएका बीमालेखहरुलाई सक्रिय बनाउन हरप्रयास गर्नुपर्दछ र आफ्नो जिम्मेवारी पनि त्यहाँ देखाउनुपर्ने हुन्छ ।

व्यतित बीमालेखका ग्राहकहरुलाई कुनै पनि उपायबाट भेट गरेर बीमालेख सक्रिय बनाउने प्रयास गर्नुपर्दछ । यदि २ वर्षभन्दा बढीको बीमाशुल्क तिरिसकेको बीमालेख निस्क्रिय भएमा बाँकी शुल्क बुझाएर बीमालेख नै धीतोमा राखी ऋणको व्यवथा मिलाइदिँदा त्रिपक्षीय फाइदा हुन्छ । यदि त्यस्तो अवस्था नभएमा एक दुई दिनका लागि पैसा सरसापटी गरेर बीमा शुल्क बुझाई तुरुन्तै ऋण उपलब्ध गराइदिनु पर्दछ । यी कुराहरु ग्राहक वा बिमितहरुले बुझेका हुँदैनन् । र, बीमा अभिकर्ताको नियमित सम्पर्कमा पनि हुँदैनन् ।

कतिपय अवस्थामा चार पाँच वर्षको बीमा शुल्क तिरेर बिमितले उक्त पैसा माया मारेर बसेका हुन्छन् । त्यस्तो बेला अभिकर्ताले आफ्नो क्षमता प्रदर्शन गर्नु पर्दछ । त्यो क्षमता भनेको या त ऋण दिएरै भए पनि बीमालेख नियमित बनाउने वा बीमालेख समर्पण गरी समर्पण मूल्य बराबरको बीमाशुल्क हुने गरी बीमाङ्क रकम निर्धारण गरेर अर्को बीमालेख बिक्री गरिदिनु पर्दछ । वा त्यो भन्दा कम रकमको बीमालेख बिक्री गरी बाँकी पैसा फिर्ता दिँदा ग्राहकको गर्जो पनि टर्छ जोखिम बह पनि हुन्छ ।

यदि अभिकर्तासँग धेरै बिमित थिए तर हिजोआज नयाँ ग्राहक भेटिँदैनन् भने चिन्ता गर्नु पर्दैन । तपाईंले गरेको बिमितको २० देखि ३० प्रतिशत बीमालेख ल्याब्स वा निस्क्रिय भइसकेको हुन्छ । अब त्यस्ता बीमकको सूचि तयार पारी उनीहरुको सम्पर्क पुगी बीमालेख निस्क्रिय राख्दाको बेफाइदाबारे जानकारी गराई सक्दो छिटो बीमालेख सक्रिय गराउने वा समर्पण गरी अर्को बीमालेख सुचारु गर्नेतर्फ लाग्नुपर्छ । यस्तो अवस्थामा १०/१५ लाखको बीमालेख निस्क्रिय भएको छ भने त्यसैलाई समर्पण गरी त्यहीँबाट आएको पैसाले २५/३० लाखको बीमालेख शुरु गराउन सकिन्छ । जसले अभिकर्ताको व्यवसाय पनि चल्छ भने समय अनुसार बीमितको जोखिम बहनको दायरा बढ्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार