free website hit counter

अमेजनका प्रमुखले गुमाए एकै दिनमा ७ अर्ब डलर

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं । ठूला बडा र धनीमानीका कमाई पनि करोडौं हुन्छ नोक्सानी पनि करोडौैकै हुन्छ । विश्वका सबैभन्दा धनी व्यक्तिको सूचिमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसले एक दिनमै झण्डै ७ अर्ब डलर गुमाउन पुगेका छन् । ७ अर्ब डलर मात्र गुमाएनन् केही क्षणका लागि विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान पनि उनले गुमाउनु परेको थियो ।

अमेजन कम्पनीले आफ्नो तेश्रो त्रैमासिकको आय प्रतिवेदन सार्वजनिक गरे लगत्तै अमेजन कम्पनीको शेयर मूल्यमा तीव्र गिरावट आउँदा बेजोसले एकै दिनमा झण्डै ७ अर्ब डलर गुमाउनु परेको हो । अक्टोबर २४ मा अमेजनको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएसँगै बेजोसले आफ्नो नामको शेयरबाट समेत ६ अर्ब ९० करोड गुमाएका थिए । त्यो सँगै बेजोसको कूल सम्पत्ति १ खर्ब ३ अर्ब ९० करोडमा झर्न पुगेको थियो ।

बेजोसको सम्पत्तिमा गिरावटसँगै बिहीबार केही समयका लागि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वको सबैभन्दा धनी व्यक्ति बन्न पुगेका थिए । गेट्सको कूल सम्पत्ति १ खर्ब ५ अर्ब ७० करोड रहेको छ । तर, गेट्सको नम्बर वान स्थान धेरै बेर टिकेन । अमेजनको शेयर मूल्यमा सुधारसँगै अन्ततः अहिले बेजोस नै पुनः विश्वको सबैभनदा धनी व्यक्तिको रुपमा एक नम्बरमा उक्लिएका थिए । जेफ बेजोसको सम्पत्ति १ खर्ब ११ अर्ब छ भने बिल गेट्सको १ खर्ब ७ अर्ब पुगेको छ ।
सिएनबिसीको रिपोर्ट अनुसार बेजोसँग अमेजन कम्पनीको ५ करोड ७६ लाख १० हजार ३५९ कित्ता शेयर छ । त्यसैले अमेजनको शेयर मूल्यमा ६.६ प्रतिशतले गिरावट आउँदा बेजोसले ६ अर्ब ९० करोड डलर गुमाउनु परेको थियो ।

स्मरण रहोस् बिल गेट्सलाई पछि पार्दै पहिलो पटक सन् २०१८ मा माइक्रोसफ्ट कम्पनीका जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसयता उनले आफ्नो कूल सम्पत्तिको १३ अर्ब ९० करोड गुमाइसकेका छन् । यसअघि पत्नीसँगको सम्बन्ध विच्छेदसँगै अमेजन कम्पनीको एक चौथाई शेयर बेजोसले पूर्वपत्नीको नाममा हस्तान्तरण गरेका थिए । सम्बन्ध विच्छेदलाई फोब्र्स पत्रिकाले विश्वकै सबैभन्दा महंगो डिभोर्सको रुपमा चित्रित गरकेो थियो । डिभोर्स अगाडि बेजोससँग अमेजन कम्पनीको ७ करोड ८६ लाख कित्ता शेयर थियो । त्यसमध्ये उनले डिभोर्स गरिएकी पत्नीको नाउँमा १ करोड ९७ लाख कित्ता हस्तान्तरण गरेका थिए । (एजेनसी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार