free website hit counter

अमेरिकाको ५० वटै राज्यमा कोरोना संक्रमण, मृतकको संख्या १११

beemaadmin
२०७६ चैत्र ५, बुधबार

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका ५० वटै राज्य आक्रान्त भएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।
अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार