free website hit counter

अमेरिकाबाट नेपाल आउँदैछ ४ वटा फ्लाइट

beemaadmin
२०७७ असार २, मंगलवार

न्यूयोर्क । विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई उनीहरुकै खर्चमा चार्टर फ्लाइटमार्फत् उद्दार गर्ने कार्य शुरु भएको छ । विभिन्न मुलुकबाट नेपाली फिर्ता पनि भइसकेका छन् । अप्ठेरोमा परी अमेरिकाबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकहरुका लागि जुन २३ र जुन २५ का दिन चारवटा उडान हुने भएको छ । अमेरिकास्थित नेपाली दूतावासले जारी सूचनाअनुसार, टर्किस् एयरलाइन्स र कतार एयरवेजले अमेरिकाका ४ प्रमुख शहरहरुबाट तत्काल नेपाल फर्कनै पर्ने नेपाली नागरिकहरुका लागि उडान भर्ने छन् ।जसअनुसार, जुन २३ मा टर्किस एयरलाइन्सले न्यूयोर्कबाट नेपालका लागि उडान गर्नेछ । सोही एयरलाइन्स जुन २५ मा सिकागोबाट उडान गर्ने तय भएको दुतावासले जनाएको छ । त्यसैगरी कतार एयरले जुन २३ मा वासिंगटन डिसीबाट र जुन २५ मा डालास टेक्ससबाट नेपालका लागि उडान गर्ने भएको छ । दूतावासको सूचनाअनुसार, टर्किस एयरलाइन्सले नेपालका लागि एकतर्फी १५३७ अमेरिकी डलर भाडा तोकेको छ भने कतार एयरवेजले १६ सय अमेरिकी डलर भाडा तोकेको छ ।
नेपाल जानका लागि नेपाली नागरिकहरुले केही शर्तहरु अनिवार्यरुपमा पालन गर्नु पर्ने दूतावासले जनाएको छ । जसअनुसार, नेपाल फर्कन चाहनेहरुले अमेरिकाबाट उड्नुअघि कोरोनाको पीसीआर वा आरटीडी परीक्षण गरी त्यसको रिपोर्ट नेगेटिभ भएको हुनैपर्ने वा कोभिड १९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको कागजात प्रमाणको रुपमा पेश गरेको हुनुपर्ने उल्लेख छ । नेपालमा पुगेपछि नेपाल सरकारले तोकेको क्वारिन्टिनमा बस्नुपर्ने शर्त पनि दूतावासको सूचनामा उल्लेख छ । अमेरिकामा कोभिडको पीसीआर वा आरटीडी परिक्षण कुनै कडा लक्षण नभएका व्यक्तिहरुका लागि सामान्यतया नगरिने हुंदा नेपाल उड्न तयार भएका व्यक्तिहरुले कसरी कोरोना परीक्षण गर्न सक्छन् भन्ने कुरा भने दूतावासको सूचनामा उल्लेख गरिएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार