free website hit counter

अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना

beemaadmin
२०८० माघ १९, शुक्रबार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका व्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको सीआईबी स्रोतले जनाएको छ। अरुण चौधरीले गंगालाल हृदय केन्द्रलाई दिइएको बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्। चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण। अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन्। उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। यता व्यसायीहरुले भने चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी क्षेत्रलाई सरकारले हतोत्साहित हुनेगरी डण्डा बर्साएको आरोप लगाएका छन्।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार