free website hit counter

अर्घाखाँचीमा सिटिजन लाइफ

beemaadmin
२०७६ पुष १, मंगलवार

अर्घाखाँची । शहर केन्द्रीत रहेका बीमा कम्पनीहरु गाउँ गाउँमा पुग्न थालेका छन् । यसै क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । सञ्चालनको छोटो अवधिमा गाउँ गाउँमा पुग्न सफल सिटिजन लाइफको यो १ सय ६औं शाखा हो । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालयको सो उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल तथा उपप्रमुख ठाकुरकुमार वि.क., कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुँयाल, प्रमुख व्यवसाय अधिकृत–मध्य पश्चिम क्षेत्रसुनिल पोखरेल, शाखा प्रमुख लक्ष्मण मरासिनी तथा गुल्मी शाखा प्रमुख दिपक पोखरेल लगायत लब्धप्रतिष्ठित व्यक्तिहरु एवम् सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु प्रचलनमा ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीलगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बिमाशुल्क भुक्तानी, बिमा दाबी, बिमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बिमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ ।
बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले जीवन बिमाको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पार्दै यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा स्थानीय वासिन्दाको पहुँचमा जीवन बिमा सेवा उपलब्ध गराउन लागेकोमा कम्पनीको समुन्नतिको लागि शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार