free website hit counter

अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन गर्न उमेदवारी

beemaadmin
२०७८ श्रावण १५, शुक्रबार

 

काठमाडौं । नेपाली सुचना प्रविधि बिज्ञ तथा समाजसेवी राकेश जोशीले अस्ट्रेलिया एनआरएनए चुनावमा भोलि शनिबार अर्थात् ३१ जुलाईमा हुन गईरहेको चुनावमा जोशीले सहसचिव पदमा उमेदवारी दिएका छन् । उनका अनुसार समाजसेवा होस वा राजनीति जहाँ युवाको संलग्नता हुन्छ, त्यो सफल हुने गर्दछ , त्यो चाहे स्वदेशमा होस वा विदेशमा । अझ राजनीतिमा युवाको संलग्नताले राजनीतिलाई थप उचाइँमा पुग्न सहयोगी हुने गर्दछ । त्यही उचाइँ हासिल गर्नका लागि एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएको जोशी बताउंछन । तर यो चुनाव कोभिड १९ को प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

उनले यस अघि अष्ट्रेलियामा अप्ठयारोमा परेका नेपाली बिध्यार्थीहरुलाई परेका विभिन्न समस्याहरुमा सहयोगी हात बन्दै आएका छन् । समाजसेवी राकेश जोशी सबै एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो । बिभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा सुचना प्रविधि क्षेत्रमा संल्गन भई विभिन्न इभेन्ट समेत आयोजना गर्दै आइरहेका छन् ।

उनीले भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपका बेला समुदाय र सामाजिक कार्यहरूमा संलग्न हुंदै आएकाछन् । उनी लामो समय देखि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत जोशी संलग्न छन । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वास्थ्य समस्यामा सहजकारी भुमिका निर्वाह गर्दे आइरहेका छन । त्यस्तै आप्रवासी विद्यार्थीहरूका शिक्षा क्षेत्रमा आइपर्ने समस्या समाधानमा लागि परेका छन् ।

उनका इभेन्टहरूमा स्थानीय सासंदहरु समेतको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको मैत्री सम्बन्ध बलियो बनाउन मद्दत पुर्याएको छ । युवा उद्यमशीलत, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने गरेका छन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्दे, दोस्रो पुस्ताका नेपालीलाई त्याहाँ नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक कार्यक्रमहरू आयोजना गरी दुई देशलाई नजिक ल्याउन गोगदान गर्ने उनको लक्ष्य छ । अष्ट्रेलियामा सामाजिक संगठनको साथ काम गर्ने, सहित संगठनात्मक र सामुदायको लागि आफ्नो कार्यकालको अवधिमा काम गर्ने प्रतिबद्धताहरू जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार