free website hit counter

अष्ट्रेलियाले लगायो चीनबाट आउने विदेशी नागरिकलाई प्रवेशमा रोक

beemaadmin
२०७६ माघ १९, आईतवार

अष्ट्रेलिया । विश्व स्वास्थ्य संगठनले समेत विश्वलाई स्वास्थ्य संकटकाल घोषणा गरेको बेला सिंगो विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमणबाट बच्न अष्ट्रेलियाले चीनबाट आउनेलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको एजेन्सीहरुले जनाएका छन् । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको अधिकारीहरुले बताएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भन्नुभयो, अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ । यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको समेत उहाँले जानकारी दिनुभएको छ । उहाँले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइ सकिएको बताउनुभयो । अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार