free website hit counter

असम्भव केही छैन

beemaadmin
२०७६ भाद्र ३१, मंगलवार

० बैंकहरू मर्फत् बीमा कम्पनीले बिमालेख (बैकुरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पर्ला ?
– बीमा र बैंकको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुन्छ । बीमाबीना लगानी असुरक्षित हुन्छ । मौद्रिक नीतिले निरुत्साहन भन्दा पनि व्यवस्थित गर्न खोजेको जस्तो मलाई लागेको छ । सुव्यवस्थित भएमा अवश्य राम्रो असर पर्दछ ।

० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, जीवन बिमाबाहेक नीर्जिवन बिमामा सवारी साधन, घर, आगजनी, पशु, बाली, चोरी, प्राकृतिक प्रकोप, दुर्घटना आदिको विस्तार कस्तो छ ?
– नेपाली बीमा बजार विस्तार उन्मुख छ र राम्रो गति लिँदैछ । भोलिका दिनमा अझ राम्रो हुन्छ । नयाँ नयाँ पोलिसी आउनेक्रम जारी छ ।

० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी बढ्ला ?
– बीमाले आफ्नो बजारको धेरै क्षेत्र त विस्तार गर्न बाँकी नै छ । विकासमुखी बजेट भएकाले बीमाले फड्को मार्छ ।

० बीमा त गर्यो तर दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पुर्याउनै नसकेर बीमा दाबी लिन नसकिने अवस्था छ भनिन्छ नि ?
– दाबी प्रक्रिया आगामी दिनमा अझ सहज हुन्छ । न्युनतम कागजात त पुरा गर्नैपर्छ । त्यसो भएन भने समाजमा अपराध बढ्न सक्छ ।

० जीवन र नीर्जिवन बिमाको चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– सम्भावना भनेकै हुन पनि सक्छ भन्ने हो । आवश्यकताले यसलाई निर्धारण गर्दछ ।

० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, नीर्जिवन बीमा कम्पनी पनि थपिने प्रक्रियामा छन् यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– स्वस्थ प्रतिस्पर्धा बजारको आवश्यकता हो । बीमा कम्पनी थपिँदा स्वस्थ प्रतिस्पर्धालाई सहयोग पुग्छ । बरु बजार, रोजगारी र बीमाको पहुँच बढ्छ ।

० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– हाल यस क्षेत्रमा नयाँ पुस्ताका स्मार्ट म्यानपावरको रुचि बढ्दै गएको छ । आवश्यकताअनुसार तालिम पनि स्वदेशमै लिन सकिन्छ ।

० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– हाल हामी नेपाल पुनर्विमालाई २० प्रतिशत अनिवार्य व्यापार दिँदै आएका छौं । आगामी दिनमा कम्पनीको क्षमता बढाउँदै नेपालमा पुनर्बिमाको अंश पनि आवश्यकताअनुसार बढाउन सकिन्छ ।

० बीमा बजार सुरधाका लागि तपाईंको सुझाव के छ ?
– सचेतना वृद्धि, केही बीमालाई अनिवार्य, करमा छूट, पहुँचमा वृद्धि, खरिद गर्न सहज र सरल । ग्राहकमु्खी घुम्ती बीमा, राष्ट्रिय सचेतना अभियान (घरदैलो कार्यक्रम) गर्नुपर्छ ।

० सबैलाई प्यान अनिवार्य भनिएको छ सम्भव होला ?
– विस्तारै सम्भव भैहाल्छ । प्रयास, प्रयोग र अभ्यास इमान्दारिताका साथ गर्यो भने असम्भव केही छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार