काठमाडौं । नेको इन्स्योरेन्सको २५औं साधारणसभा असार ३१ गतेका लागि आह्वान गरेकोछ । साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । साधारणसभामा १६.३२ प्रतिशत लाभांस प्रस्तावसँगै आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस प्रस्ताव पेश गरिने भएको छ । गत वर्ष नगद लाभांस दिएको कम्पनीले यस वर्ष पूँजी बढाउन बोनस शेयरलाई प्राथमिकता दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुने छ । असार १७ गतेसम्म शेयर खरिद गर्नेले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।