free website hit counter

असोज २४ मा निर्वाचन गर्ने आधिकारिक ट्रेड युनियनको प्रस्ताव

beemaadmin
२०७७ असार २, मंगलवार

काठमाडौं । आधिकारीक ट्रेड युनियनको वैद्यता १८ जेठबाट सकिए पनि अहिलेसम्म नयाँ नेतृत्व चयन हुन सकेको छ । गुटगत विवाद र पार्टी एकताका कारण देखिएको भद्रगोलका कारण त्यो संगठन लथालिंग अवस्थामा पुगेको हो । केपी ओली निकटस्थ पुण्य ढकाल र माधव नेपाल पक्षधर उपाध्यक्ष भोला पोखरेलहरुको लफडामा पर्दा आधिकारिक ट्रेड युनियनको अस्तित्व नै नरहने अबस्थामा पुगेको छ । चार बर्ष अघि अर्थात ०७२ साल १९ जेठमा स्थापना भएको यो संस्थाको न त मिति थपिएको छ । न त नयाँ निर्वाचन नै गरिहाल्नसक्ने अबस्था छ । संस्थाको निर्वाचन पनि हुन नसक्ने र सरकारले समेत म्याद थप नगरेको कारण सिबिएको वैद्यतामाथि नै प्रश्न चिन्ह उठेको छ । सविएको विधानमा विशेष परिस्थितिमा श्रम विभागले एक वर्षको म्याद थप्नसक्ने व्यवस्था छ । कानुन र सामान्य मन्त्रालयबाट हालको अवस्थामा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद श्रम विभागले थप्नसक्ने राय गएको छ । कार्यकाल एक साता बाँकी रहँदा पुण्य ढकालले भोलाका लागि कार्यबहाक पद छाडिदिए । अहिले भोला धमाधम बधाई तथा शुभकामना थाप्दैछन् ।
अहिले सिंगो मुलुक नै कोरोनाको कहरमा छ । यस्तो अवस्थामा आधिकारिक ट्रेड युनियनले आगामी निर्वाचनको लागि असोज २४ गतेलाई प्रस्ताव गरेको छ । निर्वाचनका लागि कम्तिमा १५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार