free website hit counter

अस्ट्रेलियाको डढेलो रोक्न दश हजार डलर सहयोग

beemaadmin
२०७६ पुष २२, मंगलवार

सिड्नी । शैक्षिक परामर्श पेशामा काम गर्ने एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले ग्रामिण अग्नी निणन्त्रण बिभागलाई दश हजार अस्ट्रेलीयन डलर सहयोग गरेको छ । बिभागको कार्यालयमा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक सन्जिव शर्माले ग्रामिण अग्नी नियन्त्रण बिभागका प्रमुख शेन फीजसिमोन्सलाई दश हजार डलरको चेक हस्तान्तरण गरेका थिए । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको र यसको प्रकोपमा परि २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेको अवस्थामा राहतका लागि सहयोगमा जुट्न समेत आग्रह गरे ।

देशभर फैलिएको डढेलोको प्रकोपसँग जुधिरहेको अस्ट्रेलियन सरकार यतिखेर ठूलो बाताबरणिय तथा आर्थिक संकटबाट गुज्रनुपर्ने अवस्थामा देखिएको छ । तिन महिनादेखि फैलिएको डढेलोबाट हजारौ जनता घरबार बिहिन भएका छन् । डढेलोले अहिलेसम्म करिब पाँच करोड पुशपंक्षी जलेर राख भएका छन ।

यस्तै नेपाली ब्यवशायीहरुले पनि  प्राकृतिक प्रकोपबाट पीडित बनेको अस्ट्रेलियन सरकारलाई सहयोग गर्न सुरु गरेका छन । बिभिन्न सामाजिक संघ संस्थाले आआफ्नो तर्फवाट सहयोग रकम संकलन अभियान समेत थालनी गरेका छन् ।

डढेलोको कारण दुइ हजार ६ सय घरहरु नष्ट भएका छन् भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै रहेको छ । यसैबीच, झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलीयन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाची समाज लगायतका संघ संस्थाले पनि सहयोग संकलन कार्य प्रारम्भ गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार