free website hit counter

अहिलेसम्म हामी सुरक्षित छौं, चिन्ता लिनु पर्दैन

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

कोरोना भाइरस संक्रमण रोकथामको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको शंकास्पद समुहमा परिक्षण नै हो | परिक्षणको दायरा जति धेरै भयो, संक्रमितको पहिचान संख्या त्यहि अनुसार थाहा हुन्छ | चीन, कोरिया लगायत देशले संक्रमण स्थिर राख्नुको मुख्य कारण ब्यापक परिक्षण, क्वारेन्टाइन र आइसोलेसन नै हो | अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना संक्रमणको मृत्युदर युरोपमा धेरै देखिएको छ | इटाली १३२५४७ लाई संक्रमण भएकोमा १६५२३ को मृत्यु भएको छ भने स्पेनमा १३६६७५ मध्ये १३३४१ मृत्यु भएको छ | यसरी हेर्दा इटालीको मृत्युदर १२.४ % देखिएको छ भने स्पेनको मृत्युदर ९.७ % छ | ब्यापक परीक्षण, अनुशाशन, क्वारेन्टाइन र गुणस्तरीय उपचारको कारण जर्मनीमा जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जनामा संक्रमण पोजिटिभ देखिएको तथा १८१० जनाको मृत्यु भएको छ अर्थात १.७ % मृत्युदर देखिएको छ | अमेरिकाको अहिलेको मृत्युदर २.९ % छ |
एसियामा सबैभन्दा धेरै संक्रमित भएको इरानमा हो | त्यहाँ ६ % मृत्युदर छ भने भारतमा २.८४ मृत्य्दर छ | एसियाका अन्य देशमध्ये चीनमा ४ % मृत्युदर भएकोमा अहिले घटेर १.४ % मा झरेको छ | दक्षिण एसियाका अन्य देशमा मृत्युदर निकै कम छ | पाकिस्तान मा ३७६६ संक्रमित छन् भने ५३ जनाको मृत्य भएको छ | युएई, कतार, सिंगापुर, अफगानिस्तान, श्रीलंका लगायतका देशमा मृत्युदर एकदम कम छ |
नेपालमा ९ जना संक्रमित देखिएकोमा कसैको पनि निधन भएको छैन |
विश्वकै तथ्यांक तथा फैलाबट अध्ययन गर्ने हो भने नेपाल एकदम सुरक्षित छ | यदि हामीले लक डाउन प्रभावकारी तरिकाले कार्यन्वयन गर्यौं भने तथा सरकारले सुदूरपश्चिम तथा सिमाना क्षेत्रमा ब्यापक परिक्षण गर्दै आइसोलेसन / क्वारेन्टाइनमा राख्दै गर्यो भने हामी थप सुरक्षित हुनेछौं | यसको लागि प्रत्येक नागरिक, स्थानीय निकाय, प्रदेश तथा केन्द्र सरकार, सबै अस्पताल, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी तथा सेवाप्रदायक संस्था अत्यन्तै जिम्मेवार बन्नुपर्दछ | हाम्रो सामुहिक प्रयासले हामी सुरक्षित हुने हो | एकजनाको पनि असुरक्षित व्यवहारले हाम्रो सन्तुलन बिग्रिने छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार