free website hit counter

आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद जारी गर्ने

beemaadmin
२०८० बैशाख १७, आईतवार

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ। कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने १ अर्ब ६० करोड रुपैयाँमध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार