free website hit counter

आइएमई जनरलमा अभिकर्ता तालिम हुँदै

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं । बीमा कम्पनीको संख्या बढेसँगै बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिएको बेला जनशक्ति उत्पादनका लागि नियामक निकाय बीमा समिति लगायत बीमा कम्पनीहरुले विभिन्न तालिमको व्यवस्था गरिरहेका छन् ।
यसै सिलसिलामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । निर्जीवन बीमा कम्पनीमा अभिकर्ता भई काम गर्न चाहाने युवाहरुलाई लक्षित गरेर यस्तो तालिमको व्यवस्था गरिएको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले कात्तिक १८ गतेसम्म निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा संचालन हुने तालिममा सहभागी हुन रु ५ सय तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
आवेदकले तालिममा सहभागी हुनलाई न्युनतम एसएलसी पास हुनुपर्ने छ । आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर पेश गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार