free website hit counter

आइएमई लाइफ इन्स्योरेन्सले मनायो दोस्रो वार्षिकोत्सव सम्पन्न

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । व्यवसाय शुरु भएको दोस्रो वर्षसम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखा कार्यालयहरू स्थापना गरिसकेको छ । कम्पनीले यस आर्थिक वर्ष २०७६/०७७ मा थप शाखा तथा उपशाखाहरू विस्तार गरी बीमाको पहुँच तथा सेवा दिने योजना पनि बनाएको बताएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् ।

चालू आव २०७६÷०७७ मा थप शाखा विस्तार गरिने योजना रहेको समेत बताए । बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटोछरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी समेत उनले दिए । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरू पूरा गरी सर्वसाधारणका लागि सेयर जारी गरिने समेत उनको भनाइ छ । साथै आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । सोही अवसरमा कम्पनीले विभिन्न संघरसंस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरूको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै बीमा समितिवाट स्वीकृतिप्राप्त नयाँ जीवन बीमालेख ‘आइएमई सामूहिक सावधिक बोनससहितको जीबन बीमा योजना’ सार्वजनिक ग¥यो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बीमा व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरू कार्यान्वयन गरिने जानकारी दिए । उनले सञ्चालन भएदेखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग गरेको भन्दै नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरू, सञ्चालक समितिका सदस्यहरू, सस्थापक सेयरधनी, कर्मचारीहरू, अभिकर्ताहरूप्रति कम्पनीको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार