free website hit counter

आइएमई लाइफको नाफा १४५ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ श्रावण ३०, बुधबार

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा १४५.०४ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४।४३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९ लाख ,लगानी तथा कर्जा आम्दानी १ अर्ब ३१ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी १ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको खर्च भने बढेको छ । कम्पनीले यो अवधिसम्म ५ अर्ब ३९ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.२२ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड ७४ लाख र रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस वृद्धि भएको छ । कम्पनीको ईपीएस १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.०२ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार