free website hit counter

आइएमई लाइफको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि असार ३० गते सकिने

beemaadmin
२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको कुल २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि आगामी असार ३० गतेबाट समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक शेयरधनी तथा कर्मचारीका नाममा रहेको उक्त शेयरको लकइन अवधि सकिन लागेको जानकारी दिएको हो। हाल कम्पनीका संस्थापक शेयरधनीको २ करोड ८० लाख कित्ता तथा कर्मचारीको ६ लाख कित्ता शेयर लकइनमा रहेको छ।

Advertisement
Advertisement

धितोपत्र सम्बन्धी प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म संस्थापक र कर्मचारीका शेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आइएमई लाइफका ती शेयरहरू पनि हालसम्म कारोबारका लागि रोक्का राखिएका थिए।

Advertisement
Advertisement

लकइन अवधि समाप्त भएसँगै सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबार गर्न सक्नेछन्। तर कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार शेयर रोक्का रहने स्पष्ट गरेको छ।

लकइन अवधि समाप्त भएपछि बजारमा ठूलो परिमाणमा शेयर कारोबारका लागि उपलब्ध हुने भएकाले यसले कम्पनीको शेयर आपूर्ति र बजार गतिविधिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार