free website hit counter

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वतन्त्र चालक फाउन्डेसनबीच सहकार्य सम्झौता

beemaadmin
२०८३ असार १६, मंगलवार

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच बीमा सेवा तथा दुर्घटनापछिको सहयोगलाई प्रभावकारी बनाउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।

काठमाडौंको पानीपोखरीस्थित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Advertisement
Advertisement

सम्झौताअनुसार दुर्घटनापछि आवश्यक औषधोपचार, नगदरहित उपचार सेवा, बीमा दाबी प्रक्रियालाई सरल बनाउने तथा दाबीको छिटो फर्छ्यौटलाई प्राथमिकता दिइनेछ। साथै, दुर्घटनापछि आवश्यक समन्वय गरी बीमितलाई समयमै सेवा उपलब्ध गराउन दुवै पक्षले प्रभावकारी रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement
Advertisement

कार्यक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारीले स्वतन्त्र चालक फाउन्डेसनसँग आबद्ध सदस्यहरूले कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बताए। उनले संस्थाका सदस्यहरूलाई आवश्यक बीमालेख खरिद गरी बीमा सुरक्षाको दायरामा आउन आग्रह गरे।

त्यसैगरी, फाउन्डेसनका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट छिटो, सहज र गुणस्तरीय बीमा सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै आफ्ना सदस्यहरूलाई क्रमशः कम्पनीका विभिन्न बीमा सेवासँग आबद्ध गराउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

दुवै संस्थाबीचको यस सहकार्यले स्वतन्त्र चालकहरूलाई दुर्घटना तथा औषधोपचार बीमा सेवामा सहज पहुँच दिलाउनुका साथै दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार