free website hit counter

आइजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता

beemaadmin
२०८३ श्रावण ६, बुधबार

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुस्थित जनमैत्री अस्पतालबीच स्वास्थ्य बीमा अन्तर्गत नगदरहित उपचार (क्यासलेस हस्पिटलाइजेशन) सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Advertisement
Advertisement

सम्झौतापछि आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा खरिद गरेका बीमितहरूले आफ्नो बीमालेखको सीमा अनुसार जनमैत्री अस्पतालबाट नगदरहित भर्ना तथा उपचार सेवा लिन सक्नेछन्।

Advertisement
Advertisement

सम्झौतापछि आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालमार्फत थप सेवाग्राहीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले अस्पतालसँग आबद्ध सदस्य तथा सेवाग्राहीले औषधोपचार बीमासहित आवश्यक अन्य निर्जीवन बीमा सेवासमेत आइजीआई प्रुडेन्सियलबाट सहज रूपमा प्राप्त गर्न सक्ने बताए।

कार्यक्रममा जनमैत्री अस्पतालकी कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले अस्पतालप्रति सेवाग्राहीको विश्वास निरन्तर बढिरहेको उल्लेख गर्दै बीमा सेवासम्बन्धी प्रक्रिया छिटो, सहज र प्रभावकारी रहेको बताइन्। उनले आगामी दिनमा पनि आइजीआई प्रुडेन्सियलसँगको सहकार्यलाई थप विस्तार गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित समाचार