free website hit counter

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

beemaadmin
२०८३ असार ११, बिहीबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

Advertisement
Advertisement

शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिने कम्पनीले जनाएको छ।

Advertisement
TEST

आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। कम्पनीले गरेको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

आईएमई लाइफ इन्स्योरेन्सले ‘उज्ज्वल भविष्यको परिकल्पना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार